पोल्यान्ड र सेनेगल विश्वकपमा छनोट

काठमाडौँ । पोल्यान्ड र सेनेगल कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा स्विडेनलाई २-० ले पराजित गर्दै पोल्यान्ड छनोट भएको हो ।

पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

राति नै भएको प्ले अफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै सेनेगल विश्वकपमा छनोट भएको हो । खेलमा बोउलाए डियाले तेस्रो मिनेटमा गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए । तर, पहिलो लेगमा इजिप्टले १-० को जित निकालेको कारण समग्रमा खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गरे । इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । तर, मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद पेनाल्टीमा चुके । सेनेगलसँगै क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया समेत अफ्रीकाबाट विश्वकपमा छनोट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *