पोर्चुगल विश्वकपमा छनोट

काठमाडौँ । पोर्चुगल फिफा विश्वकपमा छनौट भएको छ । मंगलबार राती सम्पन्न युरोपको विश्वकप छनौटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनौट भएको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फेर्नानडेजले गरेका थिए । फेर्नानडेजले खेलको ३२औं र ६५औं मिनेटमा गोल गरेका थिए । पहिलो गोल क्रिस्टियानो रोनाल्डोले असिस्ट गरेका थिए भने दोस्रो गोल डिओगो जोटाले असिस्ट गरेका थिए ।

त्यस्तै अर्को प्लेअफ फाइनलमा पोल्याण्डले स्विडेनलाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । युरोपबाट यसअघि जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड र नेदरल्याण्डस कतार विश्वकपका लागि छनौट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *