ओलीद्वारा धरहरापछिको अग्लो ‘भ्यु टावर’को उद्घाटन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको धरहरा पछिको सबैभन्दा ठूलो भनिएको भ्यु टावरको उद्घाटन गरेका छन् । तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधान मन्त्रीसमेत रहेका ओलीले आज गरेका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकूलन कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

यो पनि : तिलोत्तमामा बन्यो साढे ११ करोडको भ्यू टावर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *