प्रधान मन्त्री देउवाले चैत १८ देखि भारत भ्रमण गर्ने

काठमाडाैँ ।  प्रधान मन्त्री शेरबहादुर देउवा यही चैत १८ देखि २० सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधान मन्त्री देउवाको तीन दिने भारत भ्रमण तय भएको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार जानकारी दिएका हुन् ।

भ्रमणका क्रममा प्रधान मन्त्री देउवाले चैत १९ गते भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । प्रधान मन्त्री देउवाले भारतीय उपराष्ट्रपति वैंकटा नायडुसँग पनि भेट गर्नेछन् । उनले चैत २० मा वाराणसीको पनि भ्रमण गर्ने तय भएको छ ।

भ्रमणमा प्रधानमन्त्री देउवाका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रथम महिला डा. आरजू देउवालगायत अधिकारी सहभागी हुनेछन् ।
पाँचौ पटक प्रधान मन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *