मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैत्र २० देखि

काठमाडाैँ । नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत्र २० देखि २४ गतेसम्म काठमाडौंमा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले स्वास्थ्यका लागि खेलकुद। राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा फूलकन्ट्याक्ट महिला/पुरुष, स्कोरिङ फाइट महिला/पुरुष तथा लाइट कन्ट्याक्ट महिला/पुरुषमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि निरिक्षण गर्न वाको अन्तर्राष्ट्रियका पदाधिकारीहरू नेपाल आउने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार बढी खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *