स्पेनको जित, बेल्जियम रोकियो

काठमाडौँ । स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ ।

आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २-१ ले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए ।

अर्को खेलमा बेल्जियमले दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा आयरल्यान्डसँग २-२ गोलको बराबरी खेलेको छ । बेल्जियमका मिचे बात्सुयाई र हान्स भानाकेनले गोल गर्दा घरेलु टोली आयरल्यान्डका चिडोजे ओग्वेने र एलान ब्राउनले बराबरी गोल फर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *