नेपाल आज थाइल्याण्डको क्लब चोनबुरीसँग खेल्दै

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्याण्डको क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसिया कपको छनोटको तयारीमा रहेको नेपालले थाइल्याण्डको क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले यसअघि थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । चोनबुरी क्लबको घरेलु मैदानमा हुने नेपाल र चोनबुरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ बजे सुरु हुनेछ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *