भेनेजुएलामाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन जारी राखेको छ । शनिबार ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले छनोटमा अपराजित यात्रा कायम राख्ने क्रममा भेनेजुएलालाई ३-० ले परािजत गरेकाे हाे ।

घरेलु मैदानमा अर्जेन्टिनाले भेनेजुएलालाई सुरुवातबाटै दबाबमा राखेको थियो । पहिलो हाफमा १ गोल गरेको खेलमा अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल थपेको थियो । खेलको ३४औँ मिनेटमा रोड्रिगो डि पउलको पासलाई निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७९औँ मिनेटमा सब्सटिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्जल डि मारियाले गोलरक्षक अघि बढेको मौकामा सानदार चिप गर्दै टीमकव अग्रता दोब्बर बनाएका थिए । खेलमा तेस्रो गोल कप्तान लियोनेल मेसीको नाममा रह्यो । ८२औँ मिनेटमा एन्जल डि मारियाकै पासमा कप्तान लियोनेल मेसीले सहज गोल गर्दे अर्जेन्टिनाको सहज जित पक्का गरेका थिए ।

यो जितपछि दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले ११ जित र ५ बराबरीको नतिजा निकालेको छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा रहेको छ । अर्जेन्टिना सँगै अपराजित रहेको ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *