आदिवासी जनजाति महासंघकाे १०औं महाधिवेशन : राजनीतिक भागबन्डाबाट टुङ्गियाे पदाधिकारी

काठमाडाैँ । नेपाल आदिवासी जनजाति महासंघकाे १०औं राष्ट्रिय महाधिवेशन टुङ्गिएकाे छ । नवलपरासीमा उद्घाटन भएकाे महाधिवेशनबाट राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी टुङ्गिएका छन् । महाधिवेशनमा दुई ठूला दलहरू एमाले-कांग्रेसबीच गठबन्धन भएकाे थियाे । जसअनुसार अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन्, उनी एमाले-कांग्रेस गठबन्धबाट विजयी भएका हुन् । उनले माओवादी- जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका सोनाम लामालाई ठूलाे मतान्तरले पराजित गरे । शेर्पाले ४४ मत पाउँदा लामाले ८ मात्रै पाए ।

नेतृत्व चयनअगाडि वार्ता भएकाे थियाे । जहाँ, अध्यक्ष कांग्रेसले लिने र बहुमत पदाधिकारी एमालेले लिने सहमति बनेकाे थियाे । यसाे हुँदा; महासचिव महासचिवमा एमाले-कांग्रेस गठबन्धनबाटै दिवस राई विजयी बनेका छन् । उनी किरात राई यायाेक्खाका केन्द्रीय अध्यक्षसमेत हुन् । उनले माओवादी- जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका सुकवीर थामीलाई २१ मतान्तरले पराजित गरेका हुन् । राईकाे पाेल्टामा ३६ मत पर्दा थामीकाे पक्षमा १५ मत मात्रै पर्‍याे ।

अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लहरु जिमी, लाक्पा शेर्पा र श्रुति कुमाल रहेका छन् ।

उपमहासचिवमा रामकृष्ण लामा पनि निर्विरोध निर्वाचित भए । सचिव पनि सबै निर्विरोध निर्वाचित भएका छन् । सचिवहरूमा मंगलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्वाचित भएका छन् । कोषाध्यक्षमा विमल सारु र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =