युरोकप विजेता इटालीले कतार विश्वकप गुमाउने

काठमाडाैँ । फिफा विश्वकप २०२२ मा इटाली छनोट हुन असफल भएको छ । बिहीबार राति भएको युरोपियन प्ले अफको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग १-० को अप्रत्याशित हार बेहोर्दै इटाली विश्वकप पुग्न असफल भयो । यो सँगै इटाली लगातार दोस्रो पटक विश्वकप गुमाउन पुग्यो ।

इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इटालीले नर्थ म्यासेडोनियामाथि बल पोसेसन राख्दै लगातार दबाब बढाएपनि गोल गर्न चुक्दा पराजित हुन बाध्य भयो ।

अब नर्थ म्यासेडोनियाले विश्वकपमा स्थान पक्का गर्न प्ले अफको फाइनलमा २९ मार्चमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले बिहीबार राति नै टर्कीलाई ३-१ ले पराजित गर्दै विश्वकपको छनोटको फाइनलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *