चिनियाँ विदेश मन्त्री आज नेपाल आउँदै, क-कसलाई भेट्दैछन् ?
२०७८ चैत ११ गते

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निम्तोमा वाङ तीनदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी आइतबारसम्म नेपाल भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्रीको नेतृत्वमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक हुने बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधान मन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीद्वय एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ ।
नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनका लागि संसद्ले अनुमोदन गरे लगत्तै चिनियाँ विदेशमन्त्री वाङ आउन लागेका हुन् । यसले भूराजनीतिक सरगर्मी बढेको सङ्केत गरेको छ ।
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








