नेपाल र थाइल्यान्डको मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौँ । एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । थाइल्याण्डको चोनबुरीमा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
नेपालका पुजन उपकोटीले खेलको २२ औँ मिनेटमा पहेँलो कार्ड पाएका छन् ।

नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल तेस्रो चरणको लागि समूह ए मा छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् । थाइल्यान्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् ।

थाईल्यान्ड फिफा वरियताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *