सानिमा बैंककाे शाखा अब सिराहाको मिर्चैयामा

काठमाडौँ । सानिमा बैंकले ९ चैतमा सिराहाको मिर्चैयामा शाखा कार्यालय विस्तार गरेको छ ।

शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन थप सफलताको शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *