नेपाल पेमेन्ट सोलुसन र गरिमा विकास बैंकबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । नेपाल पेमेन्ट सोलुनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यका गर्न सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालिका सीएक्सओ प्रताप श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी आधिकृत गोविन्दप्रसाद ढकाल र आईटी प्रमुख कमलप्रसाद अर्यालले आआफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवा उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनी मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तीय संस्था, पीएसपी रेमिट्यान्स कम्पनी र व्यवसायिक क्षेत्रमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *