यातायात व्यवस्था विभागले सच्यायाे सूचना, सेवा भाेलि बिहानसम्म मात्रै बन्द
२०७८ चैत ९ गते

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट दिइने सेवा अनिश्चितकालका लागि अवरुद्ध हुने सूचना सच्याएकाे छ ।
विभागले बुधबार दोस्रोपटक सूचना जारी गर्दै विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि मात्रै सेवा अवरुद्ध हुने जनाएकाे हाे ।
संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन् ।
यसअघि सर्भरहरूमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो ।
सूचना

२०७८ चैत ९ गते
प्रतिक्रिया
One thought on “यातायात व्यवस्था विभागले सच्यायाे सूचना, सेवा भाेलि बिहानसम्म मात्रै बन्द”
Leave a Reply Cancel reply
सम्बन्धित









if One manpower / technician of yatayat karyalaya cannot update software or mentinence which is regularly coming at office hours plz resign from the post