देशैभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट हुने सेवा प्रवाह अनिश्चितकालका लागि बन्द गरेकाे छ ।

कार्यालयका सर्भरहरूमा समस्या आएपछि विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएकाे  हाे ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =