आइएमई र मिदासको सहकार्य, कक्षा १० सम्म निःशुल्क ई‐लर्निङको व्यवस्था

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई र विद्यार्थीको सिकाईलाई र्ई‐लर्निङमार्फत सहज बनाउँदै आएको मिदास एजुकेशन प्रालिसँगको सहकार्यमा र्ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु भएको छ । अभियान ८ चैत्र २०७८ देखि ३१ वैशाख २०७९ सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त लिंकमा क्लिक गरेर मिडास इकलास सरलीकरण शिक्षा एप इन्स्टलेशन गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले मात्र निःशुल्क पढ्न पाउने छन् ।

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक/शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।

मिदास इकलासमा बालबालिका सिक्न थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जाने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *