नेप्से २० अंकले घट्यो, जम्मा २ अर्बको कारोबार
२०७८ चैत ९ गते

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ ।
यस दिन बजार २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ४.२२ अंकले घटेर ४९५.११ बिन्दुमा ओर्लिएको छ । यस दिन कुल २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रुपैयाँमा २२६ कम्पनीका कुल ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर किनबेच भयो ।
यस दिन ट्रेडिङ र म्युचुअल फण्डबाहेका सबै उपसूचकहरु ओरालो लागेको छ । यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेडलगायतको सेयर मूल्य बढेको छ ।
यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रो, जोशी हाइड्रो पावर लगायत कम्पीको सेयरमूल्य घटेको छ ।
२०७८ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित









