नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । काज सरुवामार्फत केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । स्थानीय तहको चुनाब नजिकँदै गर्दा प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको हेरफेर गरेको हो ।

सूचीअनुसार म्याग्दीमा तिलक भारती सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती, पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतिक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेमसागर केसीलाई प्रहरी प्रमुखका रुपमा काज सरुवा गरिएको छ ।

सरुवाको पूर्ण सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *