मेरो माइक्रो फाइनान्सका शाखा प्रबन्धककाे प्रशिक्षण गोष्ठी चितवनमा

काठमाडौँ । मेरो माइक्रोफाइनान्सले शाखा प्रबन्धको दुई दिने प्रशिक्षण गोष्ठी चितवनमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीको सहभागितामा उक्त प्रशिक्षण कार्यक्रम आयोजना सम्पन्न गरेको हो ।

संस्थाका विभागीय प्रमुखहरुले सहजीकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रवन्धकले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती तथा रणनीतिको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

अर्का प्रशिक्षक जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले मानव जीवनलाई बाँच्न आत्मशान्ति अत्यन्त जरुरी छ । त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा केही समय खर्चनुस् । जसले कार्य सम्पादनमा निखार तथा सुधार ल्याउछ र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भएता पनि प्रतिस्पर्धी वातावरणणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीहरुको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर बिचलित नभइ अघि बढ्न आह्वान गरे ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा १५० शाखा सञ्जालमार्फत करिब एक लाख ८० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =