राष्ट्रिय पुरुष फुटबल टिम ‘टिम अफ द इअर’

काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टिमले वर्षको उत्कृष्ट टिम ‘टिम अफ द इअर’को को उपाधि जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार गरेको १८औं पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पुरुष फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले गएको चैतमा दशरथ रंगशालमा भएको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमले प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *