बेनेलीको ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’ अफर

काठमाडौँ । इटालीको उत्कृष्ट बाइक, बेनेलीले नयाँ क्याम्पेन अन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’, नो सेयर, नो लक, नो स्क्रयाच कुपन’ योजना ल्याएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टमा २५ हजारसम्मको नगद छुटको घोषणा गरेको छ । बेनेली बाइकका सबै नयाँ ग्राहकले यो नगद छुट प्राप्त गर्न सक्नेछन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ ।

इटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइक नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ । बेनेली बाइक अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् ।

सबै प्रकारका राइडरको आवश्यकता पूरा गर्ने बेनेली को १५० सीसीदेखि ७५२ सीसीसम्मका विभिन्न बाइक नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *