एनएसजेएफ स्पोर्ट्स अवार्ड: विभिन्न विधाका खेलाडीलाई सम्मान गरिँदै

काठमाडाैँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने नेपाली खेल क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ एक भव्य कार्यक्रम बिच घोषणा हुँदै छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम दिउँसो २:४५ मा सुरु हुनेछ ।

यो पटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न १० विधामा प्रदान गरिने छ । कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएको भन्दै  मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा महत्त्वपूर्ण सफलता दिलाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गर्न लागिएको हो ।

अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन् । यो पटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बाहाम्फे, टेबलटेनिसकी एलिना महर्जन,  एथलेटिक्सकी सन्तोषी श्रेष्ठ,  ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् ।

पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान,  स्पेसल अवार्ड,  लाइफ-टाइम एचिभमेन्ट,  टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिने छ । यो वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरिने छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरू एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी, इमेज च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । यसका साथै एनएसजेएफको युट्युब च्यानल प्रत्यक्ष प्रसारण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *