रियल म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा शानदार जित हासिल गरेको छ । गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना ४-० गोल अन्तरले विजयी भएको हो ।

बार्सिलोनाको जितमा पिएयरे एमरिक आउबामेयांगले दुई गोल गरेका थिए भने रोनाल्ड अराउजो र फेरान टोरेजले एक एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको २८ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

हार बेहोरेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ र ला लिगाको शीर्ष स्थानमा कायम छ ।  रियल म्याड्रिड दोस्रो स्थानमा रहेको सेभियासँग अझै ९ अंकले अगाडी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *