ईस्लिङटन कलेज स्थापनाको २५ वर्षमा, मनायो रजत जयन्ती

काठमाडौँ । ईस्लिङटन कलेजले स्थथापनाको २५ वर्षमा रजत जयन्ती मनाएको छ । स्थापनाको २५ वर्षमा कलेजले शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएको जनाएको छ ।

सन् १९९६ मा स्थापना भएको ईस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष्य जनशक्ति उत्पादन गर्दै आएको कलेज हो ।

तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उतीर्ण हुँदै आएका छन् । २५ वर्षको यो अवधिमा कलेजले ५ हजार ५ सय भन्दाबढी दक्ष जनशक्ति उत्पादन गरिसकेको जनाएकाे छ ।

ईस्लिङटन कलेजबाट उतीर्ण भएका विद्यार्थी नेपालको घरेलु बजारमा अत्यधिक खोजी हुँदै आएका छन् । स्वदेशमा मात्र नभइ बिदेशमा पनि उनीहरुको प्रदर्शन अब्बल दर्जाको हुने गरेको कलेजले जनाएको छ । कोटिभिटीका प्रवन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जा भन्छन्– ‘ईस्लिङटनबाट उतीर्ण भएकाहरु प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए । उनीहरुमा विशेष ज्ञान थियो ।’

आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार ईस्लिङटन कलेजमा उपलब्ध छ ।

ईस्लिङटन कलेजले प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीलाई नयाँनयाँ खोज र अनुसन्धानमा लाग्न प्रेरित गर्दै आएको छ ।

आईटी र व्यवस्थापन संकायमा हामीले वर्षेनी दक्ष्य र बजार सुहाउँदो जनशक्ति उत्पादन गरिरहेका छौं र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।

२५ वर्षको सफल यात्रामा साथ दिने शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्नुहुने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरुप्रति कलेजले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *