डा. शर्मा भारतका लागि नेपालको राजदूत नियुक्त

काठमाडौँ । भारतका लागि नेपालको राजदूतमा डा. शंकरप्रसाद शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालकाे आवासीय राजदूतमा आइतबार नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदले गत मंसिर १० गते शर्मालाई भारतका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । शर्मा यसअघि अमेरिकाका लागि नेपालका  राजदूत थिए । उनी राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =