आइएमई पेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ विजेता घोषणा

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किमअन्तर्गत बिजेता घोषित भएका छ । आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरेबापत सिस्टममा आधारित लक्की ड्रमार्फत विजेता छनोट गर्दा उनीहरु विजेता बन्न सफल भएका हुन् । व्यवसाय प्रवर्द्धनमुखी यस्ता स्किममार्फत व्यवसायिक साझेदारलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त स्किम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च ३ लाख रुपैयाँ (१ लख ५० हजार प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेतालाई ट्रान्सफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *