नेप्से १४ अंकले घट्यो, सवा २ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
यस दिन नेपाल स्टेक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गका कम्पनीको कारोबारको मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स सेमेत ३.०१ अंकले घटेर ४९४.३८ बिन्दुमा झरेको छ ।
यस दिन २२४ कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९१ रुपैयाँमा कारोबार भयो । यस दिन राष्ट्र उत्थान लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । निफ्रा, सप्तकोसी विकास बैंक, जीवन विकास लघुवित्तको सेयर मूल्यसमेत बढेको छ ।
मैलुङ खोला, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ ।
इन्भेस्टमेन्टबाहेक सबै समूहका सूचक यस दिन राताम्ये भएका छन् ।









