दोस्राे ‘ताप्लेजुङ सरोकार केन्द्र फुटसल कप’को उपाधि मिक्वाखोलालाई

काठमाडाैँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले आयोजना गरेको ताप्लेजुङ जिल्लाको अन्तर पालिका स्तरीय पुरुष फुटसल कपको उपाधि मिक्वाखोला गाउँपालिकाले जितेको छ ।

शनिबार भएको फाइनलमा मिक्वाखोला र मैवाखोलाले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि अन्तिम निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा मिक्वाखोला ४–३ गोलले विजयी भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाड मैवाखोलाका सन्त कुमार राई भएका छन् भने मिक्वाखोलाका देवी गिरी र पुजन लिम्बू क्रमशः हाइस्कोरर र उत्कृष्ट गोलकिपर भएका छन् ।

शनिबार काठमाडौँको ज्ञानेश्वर स्थित प्राइम फुटसलमा भएको खेलमा ८ पालिकाबाट १३ टीम सहभागी भएका थिए । खेलमा प्रथम हुने मिक्वाखोलाले ५१ हजार ट्रफी र दोस्राे हुने मैवाखोला गाउँपालिकाले ३१ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ताप्लेजुङबाट काठमाडौँ अस्थायी रूपमा बसोबास गर्दै आएकाहरूको भेटघाट र सामीप्यता बढाउनको लागि यस्ता आयोजनाहरू महत्वपूर्ण हुने सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *