अन्ततः प्रकाश सपुतले ‘पिर’बाट हटाए ‘यौनकर्मी’को दृश्य

काठमाडौँ । गायक प्रकाश सपुतले बहुचर्चित गीत ‘पिर’काे भिडिओबाट ‘याैनकर्मी’ काे दृश्य हटाएका छन् ।

सपुतले सामाजिक सञ्जाल फेसबुकमा गीत विवादित बन्दा दिन खाेजेका सही सन्देश श्राेताहरूमाझ नपुगेकाे बताउँदै भिडिओ परिमार्जन गर्नुपरेकाे बताएका हुन् ।

केही दिनअघि सार्वजनिक भएकाे उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य देखाइएकाे थियाे । साेही दृश्यका कारण सपुतकाे उक्त गीत विवादमा परेकाे थियाे । साेही दृश्यलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले गीतको तीव्र आलोचना गरेका थिए । माओवादीका भ्रातृ संगठनहरूले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन र नहटाए अदालत जाने समेत बताएका थिए ।

गीत परिमार्जन गरेकाे बताउँदै सपुतले सबैकाे सुझावमा यस्ताे गरेकाे उल्लेख गरेका छन् । त्यस्तै उनले भिडिओबाट नेपाली समाजकाे चित्रण भने नहटाएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =