‘साताका सात’ तस्बिर

पहाडकी रानी
‘पहाडकी रानी’ भनेर चिनिने तनहुँको बन्दीपुर निकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको परम्परागत शैली, शिल्प र संस्कृति, घरबास लगायत चर्चित छन् ।

सिजन र्‍याफ्टिङको
गर्मी लागेसँगै नेपालका नदीमा र्‍याफ्टिङ गर्नेको चहलपहल शुरू हुन्छ । भोटेकोशी नदीमा र्‍याफ्टिङको तयारीको लागी गाडीबाट राफ्ट झार्दै गाइड ।

राजमार्गको सुविधा
पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्डमा उखु र जुस बेच्ने पसल ।

माहुरी पालन
गोरखाको पालुङटार नगरपालिका ७ चांग्लीस्थित निजी वनमा गरिएको माहुरीपालन । यो क्षेत्रका निजी तथा सामुदायिक वनहरूमा माहुरीपालन गर्ने कृषकको सङ्ख्या थपिँदो छ ।

राणाकालीन पुस्तकालय
बन्दीपुर बजारमा २००२ सालमा खोलिएको पुस्तकालय । पुस्तकालय खोलेसँगै तत्कालीन राणा सरकारले पुस्तकालय खोल्नेलाई पक्राउ गरेको थियो । पछि पुस्तकालयको नाम ‘पद्म पुस्तकालय’ राख्ने सहमति भएपछि उनीहरू रिहा भएका थिए ।

राताम्य सिमल
भुवाको लागि प्रसिद्ध सिमल अहिले फुल्ने याम हो ।

तात्तातो सेल
बन्दीपुर बजारमा बिहान नास्ताको लागि सेल पकाउँदै व्यवसायी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *