एनआईबीएल एस क्यापिटलद्वारा पोखरामा अन्तिरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडले शुक्रबार पोखरामा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गरेको छ ।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाको सम्बोधन गरेका थिए । साथै समस्त धितोपत्र बजारको विभिन्न आयाम बारे छलफल गरेका थिए ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि प्रदेशस्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने समेत क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *