फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा कमलले जिते कार

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमामा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो एस एक्जुकेटिभ गाडी जितेका छन् ।

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्यान्ट्रो कार जित्न सफल भएका हुन् । उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र अपस कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।

फोनपेले अघिल्लो वर्ष पनि यस्तै योजना सञ्चालन गरेको थियो, जसमा झापाका एन्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जिल्न सफल भएका थिए ।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाने आइफोन १३ जिल्न सफल भए । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सक्ने व्यवस्था थियो ।

फोनपे मार्फत रु १० मा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आवद कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा गई ‘सेण्ड मनी’ गरी फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

कम्पनीका अनुसार फाेनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय सस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैंकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायक मोबाइल एप माफृत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *