विदेशी कम्पनीले १० अर्बसम्मको ठेक्कामा नेपालीसँग ‘संयुक्त उपक्रम’ गर्नुपर्ने

काठमाडौँ । अब १० अर्ब रुपैयाँसम्म लागत अनुमान भएका निर्माण आयोजनाहरुको अन्तराष्ट्रिय बोलपत्रमा भाग लिने विदेशी कम्पनीले नेपाली कम्पनीसँग संयुक्त उपक्रम (जोइन्ट भेन्चर) गर्नुपर्ने भएको छ ।
सार्वजनिक खरिद नियमावलीको ११ औँ संशोधनले यस्तो व्यवस्था गरेको हो । मन्त्रिपरिषद् बैठकले २४ माघमा गरेको उक्त संधोधित नियमावलीलाई सरकारले राजपत्रमा बिहीबार प्रकाशित गरेको छ ।
संशोधित नियमावली अनुसार ५ करोडसम्मको लागत अनुमानको स्वीकृत राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुखबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, १० करोड रुपैयाँसम्मको लागत अनुमानको राजपत्राङ्कित द्वितीय श्रेणीका कार्यालय प्रमुखबाट, २० करोड रुपैयाँसम्मको लागत अनुमान राजपत्रांकित प्रथम श्रेणीका कार्यालय प्रमु्खबाट र २० करोडभन्दा बढीका लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृत गराउनु पर्ने व्यवस्था गरेको छ ।
एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटा ठेक्का मात्रै लिन पाउने, उक्त ठेक्का सम्पन्न नगरी अर्को ठेक्का लिन नपाउने जस्ता व्यवस्था गरेको छ ।
एउटै कम्पनीले धेरै वटा आयोजनाको निर्माण ठेक्का लिँदा आयोजना ढिलो हुने गरेको थियो ।
अन्तर्राष्ट्रियस्तरको बोलपत्रमा बढीमा २५ प्रतिशतसम्मको साझेदारीमा सहभागी हुने निर्माण व्यवसायीले अन्तर्राष्ट्रिय स्तरको ५ वटाभन्दा बढी बोलपत्रको प्रक्रियामा समेत भाग लिन सक्ने उल्लेख संशोधित नियमावलीले व्यवस्था गरेको छ ।
३ अर्ब रुपैयाँसम्म ठेक्कामा विदेशी कम्पनीलाई समावेश नगरिने र स्वदेशी कम्पनीले मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ।
यस्ताे छ संशाेधित नियमावली









