युरोपा लिग

पूनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा

काठमाडाैँ । टर्किस क्लब गालाटासारेमाथि २-१ ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । टर्किस क्लब गालाटासारेमाथि २-१ को जित निकाल्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान बनाएको हो ।

युरोपा लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीले शुरुवाती अग्रता लिएपनि बार्सिलोनाले पुनरागमन गर्दै जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा भने दुवै टीमले गोलरहित बराबरी खेलेका थिए ।

इस्तानबुलमा बिहीबार राति भएको खेलमा डो नासिमेन्टोको गोलमार्फत २८ औँ मिनेटमा घरेलु टोली गालतासारेले अग्रता लिएको थियो । तर गोन्जालो लोपेजले ३७ औ मिनेटमा बार्सिलोनाका लाग बराबरी गोल फर्काउँदै पहिलो हाफमा १-१ गोलको अवस्थामा टीमलाई ल्याए ।

टीमका लागि निर्णायक गोल भने आर्सनलका पिएरे इमरिक औबमेयाङले गरेका थिए । उनले बार्सिलोनामा ७ औँ गोल पुरा गरिसकेका छन् । उनले ४९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । औबमेयाङ गत फेब्रुअरीमा फ्रि-ट्रान्सफरमा बार्सिलोना आएका थिए । त्यसयता उनले टीमका लागि सनसनीपूर्ण प्रदर्शन गर्दै आएका छन् ।

जाभिको टोली बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणमा तेस्रो भएर युरोपा लिगमा धकेलिएको थियो । उक्त समूहबाट वार्यन र बेनिफिका अर्को चरणमा पुगेका थिए ।

त्यस्तै युरोपा लिगकै अन्य खेलमा वेस्टह्यामले सेभिल्लालाई २-१ ले पराजित गर्दा लियोन, स्पोर्टिङ ब्रगा, एटलान्टा र रेन्जर्सले अन्तिम आठमा स्थान बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *