युभेन्ट्सलाई स्तब्ध पार्दै भिल्लारियल क्वाटरफाइनलमा

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन जाइन्ट युभेन्टसको यात्रा अन्तिम १६ मानै सीमित भएको छ । युभेन्ट्सलाई ३-० ले पराजित गर्दै समग्रमा ४-१ को जित सहित भिल्लारियल क्वाटरफाइनल पुग्न सफल भयो ।

यसअघि भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । भिल्लारियलले सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा अन्तिम समयमा लगातार गोल गर्दै इटालियन जाइन्टलाई निराश बनायो । युभेन्ट्स अघिल्ला तीन सिजन क्वाटरफाइनल पुगेपनि यो पटक भने सिरी ए र च्याम्पियन्स लिग दुबैमा खराब प्रदर्शनको सिकार भयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ७८औ मिनेटमा भिल्लारियलले पेनाल्टीमार्फत खेलमा अग्रता लियो । ड्यानियल रुगानीले फ्रान्सीस कोक्विलिनलाई फल गरेपछि पाएको पेनाल्टीलाई जेराड मोरेनोले सदुपयोग गर्दै टीमलाई सुरुवाती अग्रता दलाएका थिए ।

दोस्रो गोल ८५ औँ मिनेटमा डिफेन्डर पउ टोरेसले सम्भव बनाए । उनले कर्नरमा आएको बललाई सदुपयोग गरेका थिए । टीमका लागि तेस्रो गोल भने पुन पेनाल्टीमानै अर्नउड डाजुमाले अतिरिक्त समयमा सम्भव बनाए । उनले म्याथिस डे लाइटले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *