होलीमय भोटेकोशी (तस्बिरहरु)

काठमाडौँ । र्‍याफ्टिङको लागि विश्वमै प्रसिद्ध मानिने उपल्लो र तल्लो भोटेकोशीमा अहिले राफ्टिङको सिजन शुरु भएको छ । काठमाडौँबाट करिब ७० किलोमिटरको दूरीमा रहेको तल्लो भोटेकोशीमा आन्तरिक पर्यटकको अहिले घुइँचो लाग्ने गर्दछ ।

आज र्‍याफ्टिङसहित होली मनाउन आएका आन्तरिक पर्यटकले अहिले सुकुटे बजार भरिएको छ । उपल्लो भोटेकोशी र तल्लो भोटेकोशी भनेर एउटै नदिलाई दुई भागमा विभाजन गरिएको छ । चीनको सीमादेखि बाह्रबिसेसम्मलाई उपल्लो भोटेकोशी र बाह्रबिसेदेखि दोलालघाटसम्मलाई तल्लो भोटेकोशी भनिन्छ ।

उपल्लोमा नेपालीहरूले प्राय र्‍याफ्टिङ गर्दैनन् । उक्त क्षेत्रमा गाह्रो हुने भएकाले अधिकांश नेपालीहरूले तल्लो भोटेकोशीमा र्‍याफ्टिङ गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *