युइएफए च्याम्पियन्स लिग

लिललाई पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा

काठमाडाैँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा  इंग्लिस क्लब चेल्सीले क्वाटरफाइनलमा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को नतिजा निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

पहिलो लेगबाटै कम्फर्ट जोनमा रहेको चेल्सीले दोस्रो लेगमा पनि आफ्नो लयलाई कायम राख्यो। तर खेलमा अग्रता भने लिलेले ३८ औँ मिनेटमा बुरक इलमाजको पेनाल्टीमार्फत लिएको थियो । तर चेल्सी पहिलो हाफमानै खेलमा फर्कियो ।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा कप्तान सेसर एपिलिकुएटाले टोलीलाई अग्रता दिलाए । पहिलो लेगमा चेल्सीले २-० को जित निकालेको थियो । अब क्वाटरफाइनल ड्र शुक्रबार हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *