एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंकले भक्तपुरको थिमी र काठमाडाैँको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।

समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका उक्त शाखाहरु सञ्चालनमा ल्याएको र शाखाको बिहीबार नै उद्घाटन गरिएको बैंकले जनाएको छ ।

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *