बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री प्रबन्धमा एनआईबीएल एस क्यापिटल

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

१ हजार अंकित दरका ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र बैंकले जारी गर्न लागेको हो । यसको अवधि ७ वर्षको रहने बैंकले जनाएको छ । यसको ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *