नेपाल टेलिकमले ल्यायो ‘फागु अफर’

काठमाडौँ । फागु पर्व (होली)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने जनाएको छ ।

यो अफर अन्तर्गत ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ मा ६ जीबी डाटा ३ दिन र २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा लिन सकिन्छ ।

फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *