बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सहकार्य

काठमाडौँ । बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको छ । उक्त कार्याक्रम सञ्चालनका लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निमार्ण गरी कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपालले प्रतिवद्धत रहेको बताएका छन् ।

सहकार्यसम्बन्धी सम्झौतापत्रमा बैंकका संस्थागत निक्षेपका प्रमुख दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा.शुभनाथ महतोले हस्ताक्षर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =