निर्देशन उलंघन गर्ने १४ वाणिज्य बैंक कारवाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १४ ओटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । आफूले दिएको निर्देशन उल्लंघन गरेको भन्दै ती बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो तथा दोस्रो त्रैमासिक अवधिमा निर्देशन उलंघन गर्ने बैंकहरुलार्य कारवाही गरेको हो ।

कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र सेञ्चुरी बैंक रहेका छन् ।

केन्द्रीय बैंकले दिएका विभिन्न प्रकारका निर्देशन उलंघन गरेको भन्दै बैंकले जरिवाना गर्ने, सचेत गराउने जस्ता कारवाही गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =