लाखबाट हजारमा झर्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार घटेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले झरेर ९९ हजार ३ सय रुपैयाँमा समेटिएको हो । यस दिन तेजाबी सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ रहेको थियो ।

त्यसअघि फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेर हालसम्मकै महँगो भएको थियो ।

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य बुधबार १ हजार ३ सय ८० रुपैयाँमा पुगेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =