‘अक्षरा बाल साहित्य महोत्सव’मा २४ विद्यालयका ७ सय विद्यार्थी सामेल

काठमाडौँ । विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अक्षरा बाल साहित्य महोत्वस’ सम्पन्न भएको छ । काठमाडौँको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयको आयोजनामा भएको महोत्सवमा साहित्य सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रम गरी सम्पन्न भएको हो ।

एक दिने बाल साहित्यिक महोत्सवको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले गरेका थिए । ४ हजार बढी दर्शकले अवलोकन गरेको महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

करिव ५ घण्टा चलेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा लेखक डा. बाबुराम भट्टराई, अमर न्यौपानेसहित चर्चित लेखक तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थिति थियो ।

‘लेखकसँग संवाद’ शीर्षकको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिकाले लेखकसमक्ष साहित्यसँग सम्बन्धित आफ्ना जिज्ञासा व्यक्त गरेका थिए। सर्जक र सहभागीबीच जीवनमा साहित्यको महत्व, साहित्यमा कसरी रुची जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने, लैंगिक समानतालगायतका विषयमा अन्तरक्रिया भएको थियो ।

त्यस्तै, ‘साहित्यिक कार्यशाला’ अन्तर्गत भाषा एवम् साहित्य शिक्षणसम्बन्धी विभिन्न १३ वटा कार्यक्रम भए । तिनीहरु मध्ये २४ विद्यालयका करिब ७ सय विद्यार्थी सामेल थिए ।

कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई पनि सहभागी गराउन पाउँदा आफू एकदमै खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन् ।

‘हामीले साहित्यिक कार्याक्रमहरु हरेक साता गर्दै आएको भए पनि यसरी साहित्यक महोत्सव नै अहिलेसम्म गरेका थिएनौँ,’ प्रधानाध्यापक भट्टराईले भनिन्, ‘यसपालि भने महोत्सव नै गरौँ न त भन्ने सल्लाह भयो। पहिलोपल्ट गर्न लागेको महोत्सव अलि व्यापक रुपमा गरौँ भन्ने भयो । त्यसैले, हामीले यो महोत्सवमा आफ्नासँगै अन्य विद्यालयका विद्यार्थीहरु तथा अभिभावकसँग मनाउने निधो गर्याैं। सबै विद्यार्थी र अभिभावकमा साहित्य अध्ययनको संस्कार बनोस् भन्ने हाम्रो चाहना हो ।’

एउटा सफल विद्यार्थी हुनका लागि पाठ्यपुस्तकसँगै साहित्यिक पुस्तक पनि उत्तिकै आवश्यक हुने प्रिन्सिपल भट्टराईको बुझाइ छ । साहित्यले ज्ञानको दायरा बढाउन त सहयोग गर्छ नै, यसले जीवन र जगतलाई हेर्ने र बुझ्ने दायरा पनि फराकिलो बनाउन सघाउने उनले बताइन् । साहित्यबिना जीवन पूर्ण नहुने उनको तर्क छ ।

‘त्यसैले, हामीले सुरुवातदेखि नै साहित्यलाई उत्तिकै स्थान दिएका हौँ,’ प्रधानाध्यापक भट्टराईले सुनाइन्, ‘विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिन तब मात्र सकिन्छ, जब उनीहरुलाई साहित्यिक अध्ययनका लागि पनि उत्तिकै अभिप्रेरित गरिन्छ ।’

‘पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप सिकाउँछ भने साहित्यले जीवन जीउने कला सिकाउँछ,’ उनले भनिन् ।

पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले कार्यक्रको आयोजना गरिएको स्कुलले जनाएको छ । कार्यक्रमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =