‘नेपाल लाइफ अनमोल जीवन’ योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार रुपैयाँदेखि आय स्रोतका आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने छ ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ । तर, अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन ।

त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्नेछ ।

ऋण तथा समर्पण सुविधा
वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

बीमालेखको बीमा अवधि समाप्ति पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । यसका लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको सर्भाइभल बेनेफिट लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।

बीमालेखको बीमा अवधि समाप्तिपछि पश्चातको समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको सर्भाइभल बेनेफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।

ऐच्छिक सुविधाहरु :

दुर्घटना मृत्यु लाभ सुविधा
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ लिन सकिनेछ ।

साथै, बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा अन्तर्गत १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सकिनेछ ।

घातक रोग सुविधा
१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम पचास लाख रुपैयाँसम्मको घातक रोग सुविधा लिन सक्ने छ ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था

पूर्ण अवधि भुक्तानी
बीमालेख चालु रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइनेछ ।

आंशिक अवधि भुक्तानी

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमाङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।

बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६०५ भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने । बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८०५ भुक्तानी गरिने र बीमालेखको अन्त्य हुनेछ भने बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १००५ भुक्तानी गरिने र बीमालेखको अन्त्य हुनेछ ।

यदि बीमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।

बीमालेख चालु रही बीमा अवधि समाप्ती भित्र जुनसुकै कारणबाट ९बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक० बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ती पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेरभित्र जीवित लाभ रकम लिनुभन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पूनः बीमाङ्क बराबरको रकम प्रदान गरिने छ ।

बीमा अवधि समाप्ती पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा वापतको रकमको दावि भुक्तानी दिइने छैन । यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि समाप्ती भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र एडीबी सुविधा वापतको बीमाङ्क रकम ंआर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।

सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख म्याचुरिटी भएमा बीमा अवधि समाप्ती पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *