सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । सातको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ बिन्दुमा ओर्लिएको छ ।
यस दिन २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन समूहगत सूचक मध्ये बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सगरमाथा इन्स्योरेन्स, सोल्टि होटल, यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा नेपाल दूरसञ्चार कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिगटी हाईड्रो इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *