स्पेनिस ला लिगा

बेन्जमाको दुई गोलमा रियललाई १० अंकको अग्रता

काठमाडाैँ ।  स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले उपाधि होड बलियो बनाउँदै लगेको छ । सोमबार मालोर्कालाई ३-० ले पराजित गर्दै रियलले महत्त्वपूर्ण तीन अंक हासिल गर्‍यो । सोमबारको जितसँगै उसले दोस्रो स्थानको सेभिल्लासँग १० अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा रियलले ५५ औँ मिनेटमा भिनिसियस जुनियरले गोलमार्फत खेलमा अग्रता लियो । उनले बेन्जामाको पासलाई सदुपयोग गर्दै टीमलाई सुरुवाती अग्रता दिलाए । रियलका लागि दोस्रो गोल बेन्जामाले पेनाल्टी मार्फत सम्भव बनाए । भिनिसियसमाथि फल भएपछि ७७औँ मिनेटमा पाएको पेनाल्टीलाई बेन्जामाले सहज गोल गरेका थिए ।

बेन्जामाले टीमको अग्रता फराकिलो पार्ने क्रममा ८२ औ मिनेटमा तेस्रो गोल गरे । उनले मार्सेलोको पासलाई सदुपयोग गर्दा रियलले सहज जित हासिल गर्‍यो ।

जितपछि रियलले ला लिगामा उपाधि होड बलियो बनाएको छ । २८ खेलबाट रियलको ६६ अंक भएको छ भने समान खेलबाट दोस्रो स्थानको सेभिल्लाको ५६ अंक छ । पछिल्लो समय उत्कृष्ट फर्ममा देखिएको रियलले केही दिन अघि च्याम्पियन्स लिगमा दाबेदार पीएसजीमाथि नाटकीय पुनरागमन गर्दै क्वाटरफाइनल यात्रा सम्भव बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *