लाइसेन्सको अनलाइन आवेदन बन्द
२०७८ चैत १ गते

काठमाडौँ । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेद बन्द भएको जनाएको हो ।
‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

२०७८ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








