चितवनमा चैत ९ देखि ३ दिने कृषि कर्जा मेला हुने

काठमाडौँ । आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको छ ।

आर एण्ड डी इनोभेटिभ सोलुशन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । एक्त मेला मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुने बताइएको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा ५औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो ।

पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केशरी साहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि क्षेत्र भएको बताए ।

उनले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्नसक्ने वातावरण सिर्जना हुने बताए । उनले नेपालमा पर्यटन र कृषिको भविष्य राम्रो रहेको बताउँदै पछिल्लो समय बैंकहरुले पनि कृषिमा लगानी गरिरहेको बताए ।

‘हाम्रो माटोबाट उत्पादन गरेर पहिला नेपालीको पेट पाल्ने, त्यसपछि संसारभर नै कसरी हुन्छ,’ उनले भने, ‘नेपालको सुन्तला होस्, टमाटर, माछा होस्, यसलाई संसारभर कसरी बढी पु¥याउने त्यतातिर हामी अब लम्किनुपर्छ । साँच्चि नै हामी किसानको देश हुने हो भने जे हामीले हिजो गरिरहेको थियौँ, त्यो मात्रै गरेर हुँदैन । जहिले पनि बैंकले लोन दिँदैन, त्यो कारणले हामी किसान कृषिमा उत्पादन बढाउन सक्दैनौँ भन्ने भ्रमबाट पनि हामी हटौँ ।’

यो मेलामा २३ वटा वित्तीय संस्थाहरुले भाग लिने उनले बताए । ‘हामीले जसको नुन खाएको छ त्यसको सोझो गर्ने हो भने हामी कृषिमा पस्नै पर्छ,’ उनले भने, ‘किनभने नेपालको भविष्य भनेको पर्यटन र कृषि छ । हजारौँ होइन, लाखौँ नेपालीलाई संसारबाट फर्काउने हो भने कृषिले नै सक्छ । तर आज पनि हाम्रा बाजे बराजुले गरेको कृषिको तरिकाबाट नै गर्ने हो भने कोही पनि फर्किँदैन ।’

त्यस्तै नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए । उनले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै उहाँले सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *